ad ad

कारोबार


एक हप्तामा बैंकले थपे ९ अर्ब लगानी

एक हप्तामा बैंकले थपे ९ अर्ब लगानी

नेपालखबर
साउन २८, २०७९ शनिबार १३:७, काठमाडौँ

एक हप्ताको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ९ अर्ब थप लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो हप्ताको तुलनामा गत हप्ता बैंकहरुको ऋण प्रवाह बढेको हो। 

अघिल्लो हप्ता ४६ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह देखिएकोमा गत हप्ता ४६ खर्ब ९६ अर्ब पुगेको हो। 

ऋण प्रवाह बढ्दा यता बैंकहरुको निक्षेप भने घटेको छ। बैंक तथा वित्तीय संस्थामा अघिल्लो हप्ता ५० अर्ब ४४ अर्ब रुपैयाँ रहेकोमा गत हप्ता सम्ममा ५० खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ। 

त्यसमा वाणिज्य बैंकहरुको ४४ अर्ब १९ करोड र विकास बैंक फाइनान्स बम्पनी र लघुवित्त संस्थाको गरि ५ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको देखिएको छ। 

बैंकको लगानीको अवस्था कस्तो छ?
राष्ट्र बैंकको कुल प्रवाहित कर्जा गत आर्थिक वर्षको सुरु देखि नै बढेको हो। प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २९ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरुकोलगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७८ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो। 

बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २०.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५ प्रतिशतले बढेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २२.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १२.६ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १७.९ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १६.८ प्रतिशतले र हायर पर्चेज कर्जा २.५ प्रतिशतले बढेको छ। तर ट्रष्ट रिसिट (आयात) कर्जा ५३.८ प्रतिशते र मार्जिन प्रकृति कर्जा १७.६ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .