ad ad

कारोबार


‘सृजनशील महिला उद्यमी मेला’ काठमाडौंमा सुरु

‘सृजनशील महिला उद्यमी मेला’ काठमाडौंमा सुरु

नेपालखबर
साउन २७, २०७९ शुक्रबार १६:३९, काठमाडौँ

‘१९ औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला–२०७९’ सुरु भएको छ।

शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको सो मेलाको शुभारम्भ गरेकी हुन्।

महिला सृजनशील केन्द्रले महिला उद्यमीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने मुख्य उद्देश्यका साथ यो मेला आयोजना गरेको मेला व्यवस्थापनको जिम्मेवारी लिएको राइजिङ नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले बताए।

५ दिनसम्म चल्ने मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु बस्तुहरुको बिक्री वितरण गरिनेछ।

महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु बस्तुहरुको प्रवद्र्धन गरी उनीहरुलाई वित्तिय पहुँच बढाउन पनि मेला उपयोगी हुने केसीले विश्वास व्यक्त गरे।

यसैबीच, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले स्वदेशमा उत्पादित बस्तुहरुको उपयोग गर्न आम उपभोक्ताहरूलाई आह्वान गरेकी छन्।

सो मेलाको अवलोकन गरेपछि उनले सञ्चारकर्मीहरु माझ संक्षिप्त प्रतिक्रिया दिँदै महिला दिदीबहिनीहरुले गुणस्तरीय बस्तु उत्पादन गरेको पाइएको उल्लेख गर्दै विदेशी बस्तु भन्दा स्वदेशमै उत्पादन भएका बस्तुहरुको उपयोग गर्न सबैलाई आग्रह गरिन्।

मन्त्री रेग्मीले महिला दिदीबहिनीहरुले सञ्चालन गरेका उद्यममा उत्पादित सामानहरु गुणस्तरीय भएकाले त्यसले बाह्य मुलुकमा पनि सोचे अनुसार नै बजार पाउने र त्यसका लागि आवश्यक विज्ञापन भने गर्नुपर्ने आवश्यक्ता औँल्याइन्।

मेलामा नेपालमै उत्पादन गरिएका सारी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोला आदि प्रदर्शन गरिएको छ। ५ दिनसम्म चल्ने मेलामा करिव १० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको पनि मेला व्यवस्थापक संस्था राइजिङ नेपाल प्रालिले जनाएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .