ad ad

कारोबार


आईएमई जनरल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त

आईएमई जनरल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त

नेपालखबर
साउन २३, २०७९ सोमबार २१:५४, काठमाडौँ

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको प्रमुख कार्यकारी अधिकृत पदमा  युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन्।

कम्पनीको गत असार ७ गतेको १२० औँ बैठकको निर्णय बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा श्रेष्ठलाई साउन २३ गतेदेखि लागू हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त गरिएको हो। 

श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन्।

बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ७ वर्षमा आईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ।

सोही अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए।

कार्यकारी अधिकृतको शपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .