ad ad

कारोबार


पश्चिम सेती आयोजना अघि बढाउन लगानी बोर्ड र एनएचपीसीबीच सहमति

पश्चिम सेती आयोजना अघि बढाउन लगानी बोर्ड र एनएचपीसीबीच सहमति

नेपालखबर
साउन २३, २०७९ सोमबार २१:१३, काठमाडौँ

लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ। 

सोमवार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको जनाएको हो। 

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै लगानी बोर्डका सहसचिव अमृत लम्सालले अपर मर्स्याङ्दी २, ३२७ मेगावाट जलविद्युत परियोजनाको बिस्तृत अध्ययन गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय भएको पनि बताइन्।

उनले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको मन्त्रिपरिषद्बाट भएको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको पनि जानकारी दिइन्। 

उनले भनिन्, ‘हामी पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गरेका छौँ। यो सहमतिपत्र गर्ने भन्ने बोर्डले निर्णय गरेको छ। अपर मर्स्याङ्दी २, ३२७ मेगावाट जलविद्युत परियोजनाको एमओई गरेर यसको सर्वेक्षणको काम अघि बढाउने भन्ने कुरा भयो। माथिल्लो कर्णाली जलविद्युत परियोजनाको नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको छ।’

त्यस्तै बोर्डको बैठकले तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डीपीआर लगायतका विभिन्न कामहरु गर्ने निर्णय गरेको छ। 

सहसचिव लम्सालले सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेको बताउँदै त्यसको लागि अवधारणापत्र स्वीकृति गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्डले काम थाल्ने बारेमा पनि छलफल भएको बताइन्।

उनले भनिन्, ‘तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डीपीआर लगायतका विभिन्न कामहरु गर्नेछ। प्रक्रिया अघि बढाउनेछ। सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेका छौँ। त्यसको लागि अवधारणापत्र स्वीकृति गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्ड अघि जाने भन्ने छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .