ad ad

कारोबार


परराष्ट्रमन्त्री खड्का हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरी चीन जाँदै

परराष्ट्रमन्त्री खड्का हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरी चीन जाँदै

नेपालखबर
साउन २३, २०७९ सोमबार १८:३५, काठमाडौँ

परराष्ट्रमन्त्री नारायण खड्का हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरी चीन भ्रमणमा जाँदै छन्। 

मन्त्री खड्का राति १० बजेपछि चीन भ्रमणमा जानलागेका हुन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्त्री खड्का चार्टर्ड जहाजमार्फत जान लागेको जानकारी दिएको छ। 

‘परराष्ट्रमन्त्री चार्टर्ड जहाजमार्फत राति १०–११ बजेको बीचमा चीन जाँदै हुनुहुन्छ’, प्राधिकरणका एक अधिकारीले जानकारी दिए। 

समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. अगस्ट ०९ देखि ११ सम्म चीन भ्रमणमा जाने भएका हुन्। 

दुई मन्त्रीहरूले १० अगस्ट २०२२ मा चीनको छिङ्दाओमा आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .