NepalKhabar NepalKhabar

कारोबार


माइपे क्वाइन सार्वजनिक, प्रतिक्वाइन मूल्य रु. १

माइपे क्वाइन सार्वजनिक, प्रतिक्वाइन मूल्य रु. १

नेपालखबर
साउन २२ , काठमाडौँ

पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ।

१ क्वाइन बराबर रु १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पे ले जनाएको छ। माई पे का अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो । 

यससँगै माई पे प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाइ जहाजको टिकट बुकिङ गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरु समेत निरन्तर रहेको जनाएको छ। यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाँएिको माई पे को भनाइ छ। 

उदाहरणको लागि तपाईंले माई पे बाट रु १,००० को मोबाइल टपअप गर्नुभयो भने ४ प्रतिशत (रु ४०) फिर्ता हुन्छ। जसमा रु २० क्यासको रुपमा तपाईको वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रुपमा जम्मा हुन्छ। माई पेबाट गरिएको सबै कारोबारमा यसरीनै क्वाइन प्राप्त गर्न सकिने माइ पे को भनाइ छ। 

यसरी प्राप्त भएको क्वाइन अब ग्राहकहरुले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नेछन्। मानौं अघिको तपाईको पहिलो कारेबारबाट २० क्वाइन जम्मा भएको छ। अब तपाईंले अर्काे कारोबारको रुपमा रु १,००० को कुनै इन्टरनेटको बिल भुक्तानी गर्नुभयो। अब तपाईंले बिल भुक्तानी गर्दा तपाईंको माई पे वालेटमा तीन वटा विकल्प देखाउँछ।

पहिलो विकल्प छनौट गर्दा तपाईको वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पको रुपमा तपाईले वालेटमा बैंक लिंक गर्नुभएको छ भने बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ। तेस्रो विकल्पका रुपमा तपाईले ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सक्नुहुन्छ। 

जस्तो रु १,००० को बिल तिर्दा तपाईंले रु ९८० तपाईको बालेटमा भएको रुपैयाँबाट र रु २० नगद नभई माइ पे क्वाइनबाट भुक्तानी गर्न सक्नुहुन्छ। यस भुक्तानी पछि पनि तपाईंले क्यास रिफन्डका रुपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सक्नुहुनेछ र उक्त क्वाइनहरु निरन्तर प्रयोग गर्दै जान सकिने माई पे ले जनाएको छ।

यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माइपे ले जनाएको छ। माई पे का अनुसार क्वाइन प्रयोग गर्दा प्रयोग कर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ। 

‘हालसम्म संचालनमा रहेको लोयल्टी पोइन्टहरुको सिमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो,’ माई पे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले भने, ‘यहि समस्या समाधानका लागि नगद सरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन संचालनमा ल्याएका छौं।’ 

साउन २२, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.