ad ad

कारोबार


हेरिटेज म्याट्रेसले नयाँ उत्पादन ल्याउने

हेरिटेज म्याट्रेसले नयाँ उत्पादन ल्याउने

नेपालखबर
साउन २२, २०७९ आइतबार १९:४३, काठमाडौँ

हेरिटेज समूहले सौराहाको ल्याण्डमार्क रिसोर्टमा एक विशेष कार्यक्रम आयोजना गरि आफ्ना नयाँ योजनाहरु सार्वजनिक गरेको छ।

झण्डै दुई दशक अगाडि देशमै पहिलो पटक कोयर म्याट्रेसको उत्पादनका लागि नयाँ प्रविधि भित्र्याएर आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेलेको हेरिटेज म्याट्रेसले आफूले प्रयोग गर्ने प्रविधिको निरन्तर अद्यावधिक गर्दै आएको छ। 

हेरिटेज म्याट्रेस गुणस्तरीयताको पर्याय बनिसकेको छ भने डाक्टर तथा उपभोक्ताले समेत यसका उत्पादनहरुलाई निर्धक्क सिफारिस गर्दै आएकाे कम्पनीकाे दाबी छ।

हेरिटेज म्याट्रेसले नवीनतम उत्पादनको रुपमा अर्थो डक्टर म्याट्रेस र बन्डेड म्याट्रेस नेपाली बजारमा ल्याउने भएको हो।

अर्थोपेडिक डाक्टरले आफ्ना बिरामीहरुलाई आवश्यकता अनुरुप रिफर गर्ने अर्थो डक्टर म्याट्रेस र सामान्य ब्याक पेन हुने र अलिक साह्रो ओच्छ्यानमा सुत्न मन पराउनेहरुका लागि बोण्डेड म्याट्रेटको उल्लेख्य माग नेपाली बजारमा रहेको परिप्रेक्ष्यमा हेरिटेजले नयाँ उत्पादनको जमर्को गरेको जनाएको छ।

हेरिटेज समूहले गुणस्तरीय कार्पेट उत्पादन मार्फत वैदेशिक मुद्रा संचितिमा ठूलो भूमिका खेलेको छ। वार्षिक दश लाख मिटर कार्पेट उत्पादन क्षमता रहेको अत्याधुनिक उद्योग मार्फत भेलर तथा रिब्ड कार्पेट उत्पादन गरिरहेको यस उद्योगले निकट भविष्यमा टपटिङ ग्राफिक्स कार्पेट उत्पादनको योजना बनाएको जनाएको छ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष चुन नारायण श्रेष्ठको आतिथ्यतामा भएको कार्यक्रममा कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका कार्यकारी सदस्य हेमराज ढकालले नेपाली उच्च गुणस्तरीय म्याट्रेस तथा कार्पेट उत्पादन गरि नेपालको आयात प्रतिस्थापनमा हेरिटेजले पुर्याएको योगदानको चर्चा गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .