ad ad

कारोबार


अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ २ देखि

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ २ देखि

फाइल फोटाे


नेपालखबर
साउन २२, २०७९ आइतबार १७:५, काठमाडौँ

महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ। 

महासंघले यही भदौ २ गतेदेखि ६ गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो।

महासंघले आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको बारेमा जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा बोल्दै महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर रहेका महिला उद्यमीहरुलाई एउटै स्थानमा ल्याएर बजार व्यवस्थापन मात्रै नभइ व्यवसाय सञ्जाल बढाउने उद्देश्यले महिला उद्यमी व्यापार मेला गर्न लागेको बताइन्।

उनले मेलामा व्यवसायिक ज्ञान र अनुभव साटासाट गर्ने माध्यमको रुपमा लिएको बताइन्। अध्यक्ष खत्रीले मेलामा सातै प्रदेशका महिला उद्यमीहरु सहभागी हुने बताइन्।

त्यस्तै, छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाकी संयोजक शोभा ज्ञवालीले मेलामा जिल्लास्तरदेखि अन्तर्राष्ट्रिय महिलाहरुले उत्पादन गरेका सामग्रीहरु स्टलमा राखिने बताइन्। उनले मेलाले उद्यमी महिलाहरुको सीप र सिर्जनालाई अगाडि ल्याएर अन्तर्राष्ट्रिय बजारमा पहिचाउन पुर्याउने उदेश्य महासंघले लिएको छ।

ज्ञवालीले मेलामा १०९ स्टलहरु राखिने बताइन्। नेपाली महिला उद्यमी बाहेक भारत पाकिस्तान, बङ्गलादेशका महिला उद्यमी उत्कृष्ट उत्पादन किन्ने अवलोकन गर्न पाइने बताइन्।

उक्त मेलामा हस्तकलाका सामानहरुमा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तुहरु, पुष्प सामाग्रीहरु, जडिबुटी, गरगहना र सजावटका सामानहरु प्रदर्शनीमा राखिनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .