कारोबार


कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने

कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने

नेपालखबर
साउन २० , काठमाडौँ

के तपाईं जागिरको खोजीमा हुनुहुन्छ? अनि के तपाईं फिटनेस प्रेमी पनि हुनुहुन्छ? त्यसो हो भने अब तपाईंको लागि खुशीको खबर छ। अब तपाईंले कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाउनु सक्नुहुनेछ।

त्यस्तै कुमारी जबका कर्मचारीहरु पनि यो सम्झौताबाट लाभान्वित हुनेछन्। 

‘व्यायामले हाम्रो तनाव कम गर्न तथा हाम्रो कार्यक्षमता र उत्पादकत्व बढाउन मद्दत गर्छ। कर्मचारीहरुको शारीरिक स्वास्थ्य अवस्था र उनीहरुको काम प्रतिको लगाव एक आपसमा प्रत्यक्ष रुपमा सम्बन्धित छन्’ कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारीले भने, ‘हाम्रो संस्था अथवा वेबसाइट मार्फत आउनुहुने उम्मेदवारहरू एवम हाम्रा कर्मचारीहरुको स्वास्थ्यको लागि यो सम्झौता गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ।

काठमाडौँको तीनकुने सुविधानगर स्थित उक्त अल्टिमेट लिफ्टिङ क्लबको सेवा सुविधाहरुबाट लाभ लिनको लागि इच्छुक व्यक्तिहरुले वेबसाइट अथवा तीनकुने स्थित कुमारी जबको कार्यालयमै गएर रोजगारीको लागि दर्ता गर्न सक्नेछन्।

यसरी वेबसाइटमा अथवा कार्यालयमै गएर दर्ता गरे वापत कुनै शुल्क लाग्ने छैन।

कुमारी जबले निशुल्क रुपमा योग्यता अनुसारको रोजगारी प्रदान गर्दै आइरहेको छ र यसबाट रोजगारीको लागि दर्ता गर्दा, आवेदन दिँदा एवम रोजगारी पाइसकेपछि पनि कुनै शुल्क नलाग्ने कम्पनीको भनाई छ।

साउन २०, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.