ad ad

कारोबार


‘कलेज आइडिया हन्ट’ का लागि आवेदन खुला

‘कलेज आइडिया हन्ट’ का लागि आवेदन खुला

नेपालखबर
साउन २०, २०७९ शुक्रबार २२:१, काठमाडौँ

आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आइडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ।

बागबजार स्थित काठमाडौं मोडल कलेजमा पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुलाएको घोषणा गरेको हो।

नेपाली समाजको रुपान्तरण र व्यवसायीकताको प्रवद्र्दनमा क्रियाशील आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरीरहेका तथा नयाँ योजना र आइडिया सहित शो उद्यम गर्ने सोच बनाएका विद्यार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो।

वर्तमान यूग र समय सापेक्ष समस्या र अवसरहरु सम्बन्धित नवीनतम तथा दिगो समाधान सहितका आइडिया भएका विधार्थीहरुले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्ने आयाेजकले जनाएकाे छ।

उक्त कलेज आइडिया हन्टको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत अतिथि वक्ताको रुपमा उपस्थित थिए।

यसैगरी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका उपनिर्देशक डा गंगाराम विश्वकर्मा, वर्ल्ड वाईल्डलाइफ फण्ड नेपालका देश प्रतिनिधि डा.घन श्याम गुरुङ, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, कलेज आइडिया हन्ट २०१९ का बिजेता जोसेप श्रेष्ठ, आईडिया स्टुडियो सिजन ४ की आइडिएटर आङ डोल्मा शेर्पा, विधार्थीहरु लगायतको उपस्थिति रहेको थियो। 

कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरु मध्यबाट उत्कृष्ट १० योजनालाई व्यवसाय सम्बन्धी विभिन्न तालिम तथा परामर्श प्रदान गरीनेछ। उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आइडिया स्टुडिया सिजन ७ मा सिधै प्रवेश पाउनेछन्। साथै इन्क्युबेसन कार्यक्रम,

व्यवसायीक संजाल, रियालिटी टिभी सो र लगानीको अवसर समेत प्राप्त गर्नेछन्। 

कलेज आइडिया हन्ट २०२२ मा सहभागी हुन चाहाने इच्छुक विद्यार्थीहरुले २०७९ भदौ १९ गते सम्म आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .