ad ad

कारोबार


उन्नती कल्चरल भिलेजद्वारा ‘आधारभूत कला व्यवस्थापन’ तालिम सञ्चालन

उन्नती कल्चरल भिलेजद्वारा ‘आधारभूत कला व्यवस्थापन’ तालिम सञ्चालन

नेपालखबर
साउन २०, २०७९ शुक्रबार २१:४५, काठमाडौँ

उन्नती कल्चरल भिलेजले तीन दिने ‘आधारभूत कला व्यवस्थापन’ तालिमको समापन गरेको छ।

ललितपुरको होटल भिभान्तामा उक्त तालिमको आयोजना गरिएको हो। उन्नती कल्चरल भिलेज चौधरी फाउन्डेसनले नेपाली कला, शिल्प, साहित्य र खानाको प्रवद्र्धन गर्दै दिगो सामाजिक विकास तर्फ केन्द्रित एउटा सामाजिक अग्रसर्ता भएको संस्थाले जनाएको छ।

चौधरी फाउण्डेसनले कला र सिर्जनशील क्षेत्रका प्रबन्धकहरुको क्षमता निर्माण र नेटवर्किङको लागि प्रतिबद्ध आर्टथिङ्क साउथ एसियासँगको सहकार्यमा आयोजना गरेको उक्त तालिममा झण्डै ३४ सहभागी थिए।

त्यस अवसरमा कला व्यवस्थापन, कलामा रणनीतिक योजना, संगठनात्मक पहिचान – भिजन र मिशन, कलाको बजारीकरण, कला बजारीकरणका उद्देश्य र रणनीतिहरू, मानव संसाधन व्यवस्थापनको महत्व, संगठनात्मक नीतिहरू र कला तथा साँस्कृतिक क्षेत्रमा कोष संकलनलगायत विभिन्न विषयहरुमा अन्तरक्रिया र सत्रहरु संचालन गरिएको थियो। 

कला प्रबन्धकको रूपमा चार दशकको अनुभव संगालेका आर्टथिङ्क साउथ एशिया र खोज भारतकी पूजा सुद र रुचिरा दासले सहभागीहरुलाई सहजकर्ताको भुमिका निभाएका थिए।

‘रणनीतिक योजना र मार्केटिङ मोडल दुवै मेरो लागि धेरै सान्दर्भिक थिए’ एक सहभागीले भने, ‘मेरा अघिल्लो परियोजनाहरूमा भएका गल्तीहरु बल्ल महशुस भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .