कारोबार


एक करोड बढी राजश्व चुहावट गरेको आरोपमा रेस्टुरेन्ट व्यवसायीविरुद्ध मुद्दा

एक करोड बढी राजश्व चुहावट गरेको आरोपमा रेस्टुरेन्ट व्यवसायीविरुद्ध मुद्दा

नेपालखबर
साउन २० , काठमाडौँ

रुपन्देहीको एक रेस्टुरेन्टले एक करोड रुपैयाँ भन्दा बढी राजश्व चुहावट गरेको आरोपमा सञ्चालकविरुद्ध मुद्दा दायर गरिएको छ। 

लुम्बिनी साँस्कृतिक नगरपालिका-१३, बुद्धनगरस्थित साझा रेष्टुरेन्टका प्रोप्राइटर वर्ष ४१ का प्रकाश यादव र साेही नगरपालिका-१४, कालीमाटी बस्ने वर्ष २० का विष्णु यादवविरुद्ध मुद्दा दायर गरिएको हो।

उनीहरु विरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ।

साझा रेष्टुरेन्टका प्रोप्राइटरद्वय यादवले आफ्नो फर्मका सम्पूर्ण कारोबार अनुसारको विवरण पेश नगरी, नियमानुसार मूल्य अभिवृद्धि करमा दर्ता भई कारोबार गर्नु पर्नेमा सो नगरी, कारोबार समेत लुकाई कारोबारबाट प्राप्त रकम मध्ये केही रकम आधिकारिक कारोबारमा समावेश गर्ने तर ठूलो परिमाणको बिक्रीलाई कारोबार भन्दा बाहिर राखी आयकर तथा मूल्य अभिवृद्धि कर छलि गरी राजस्व चुहावट गरेको आरोप छ।

सो रेस्टुरेन्टले आयकर तर्फ रु ५१ लाख ४१ हजार ९०२ र मूल्य अभिवृद्धि कर तर्फको रु ५६ लाख ९४ हजार ६२१ गरी जम्मा रकम रु १ करोड ८ लाख ३६ हजार ५२३ मात्र राजस्व चुहावट गरेको पाइएको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ।

साउन २०, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.