ad ad

कारोबार


सुर्ती उद्योग र गोदाममा छापा, २८ हजार केजी सुर्तीजन्य पदार्थसहित चार जना पक्राउ

सुर्ती उद्योग र गोदाममा छापा, २८ हजार केजी सुर्तीजन्य पदार्थसहित चार जना पक्राउ

नेपालखबर
साउन १९, २०७९ बिहिबार १६:४२, काठमाडौँ

प्रहरीले काठमाडौं उपत्यकाभित्र अवैधरुपमा सञ्चालित सुर्ती उद्योग र गोदाममा छापा मारेको छ। 

त्यसक्रममा १९५ बोरा (अन्दाजी ८ हजार किलो) सुर्ती र २० हजार किलो दुई सय ग्राम कच्चा सुर्तीसहित चार जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका–६ घर भइ हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ बस्ने वर्ष ५६ को पोष्टराज गौतम, विराटनगर महानगरपालिका–१२ घर भइ हाल ललितपुर धोवीघाट बस्ने वर्ष ५३ को सुरेश पोख्नेल, सर्लाही बिष्णु गाउँपालिका–३ घर भइ हाल कुलेश्वर बस्ने वर्ष ४४ को दिनेश चौधरी र सिनामंगल घर भएका वर्ष ३८ को अरबिन्द अग्रवाल रहेका छन्। 

उपत्यकाभित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले निगरानी गरेको थियो।

त्यसक्रममा पेप्सीकोलाबाट पोष्टराज गौतम र दिनेश चौधरीलाई कुलेश्वरबाट पक्राउ गरी अनुसन्धान गर्दा उनीहरुले भारतबाट राजस्व छली गरी ल्याएको सुर्तीजन्य कच्चा पदार्थ अरबिन्द अग्रवाल र सुरेश पोख्नेलले सञ्चालन गर्ने जिल्ला ललितपुरको खोकनास्थित न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा उपत्यकाका विभिन्न स्थानमा भण्डारण गरी राखेको भन्ने खुल्न आएको थियो।

राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नख्खु स्थित फुलबारी मार्ग, भैंसेपाटी स्थित पञ्चकन्या मार्गमा रहेको २ वटा गोदाम र अफिस तथा खोकनामा रहेको श्री न्यु शुभ लक्ष्मी सुर्ती उद्योगमा खानतलासी गरी राजश्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा पदार्थ भण्डारण गरी राखेको गोदाम फेला परेका थियो।

राजस्व अनुसन्धान विभाग र स्थानिय जनप्रतिनिधिको रोहवरमा गोदाम सिल गरी सञ्चालक समेतलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका उपर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ। राजस्व छलिका उक्त सामानहरुको विस्तृत परिमाण समेतको विवरण सहितको मुचुल्का उठाउने कार्य भैरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .