ad ad

कारोबार


हातखुट्टा डोरीले बाँधिएको अवस्थामै काम गर भनियो : बराह ग्रुप

हातखुट्टा डोरीले बाँधिएको अवस्थामै काम गर भनियो : बराह ग्रुप

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०७९ बिहिबार ११:२९, काठमाडौँ

हातखुट्टा डोरीले बाँधेको अवस्थामा धरान उपमहानगरपालिकाले काम गर भने जस्तो गरेको बराह ग्रुप अफ कम्पनीले बताएको छ। बराह ग्रुप  अन्तर्गत क्रियाशील रहेको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा परेको समस्या समाधानमा तल्लीन रहे पनि संचालक र पदाधिकारीको बैंक खाता र चलअचल सम्पत्ति रोक्न गरिएको सिफारिसलाई हात खुट्टा डोरीले बाँधेर काम गर भने जस्तो देखिएको उक्त ग्रुपले बताएको हो।  

पदाधिकारी तथा जिम्मेवार कर्मचारीहरूको नाममा रहेको चलअचल सम्पत्ति र बैंकमा रहेको स्थिर सम्पत्ति तथा बैंक खाता रोक्का राखिदिनु हुन भनी नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालयलगायत ११ वटा सरोकारवाला निकायलाई पत्राचार गरेको कुराले स्तब्ध बनाएको बराह ग्रुपले बताएको छ।

 यस सहकारीमा उत्पन्न समस्या समाधानका लागि बचत तथा लगानीकर्ता पीडितहरूको पहलमा गठन गरिएको सङ्घर्ष समितिको अनुरोधमा धरान उपमहानगर प्रमुखस्तरीय निर्णयबाट पाँच सदस्यीय छानविन समिति गठन भएको र त्यस समितिले सङ्कटोन्मुख अवस्थामा रहेको निष्कर्षकै आधारमा गरिएको यसप्रकारको कदमले अत्यन्तै संवेदनशील बनाएको ग्रुपले जनाएको छ। 

 ग्रुपले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस बराह ग्रुपसम्बद्ध आदरणीय शेयर सदस्य, लगानीकर्ता एवम् बचतकर्ता महानुभावहरूको तत्कालको समस्यालाई सम्बोधन गर्दै सहकारीको दीर्घकालीन हल खोज्नका लागि हाम्रो टिम अत्यन्त जुझारुपूर्ण रुपमा क्रियाशील रहेको कुरा सर्वविदितै छ ।

यद्यपि विश्वव्यापी रुपमा देखा परिरहेको कोभिड महामारीको कारणबाट सहकारिबाट परिचालित व्यवसायिक प्रतिष्ठानले अपेक्षित मात्रामा नगद प्रवाह नगरेको र यही बीचमा बराह समूहले आवश्यकताबमोजिम ठूलो व्यावसायिक परिसर खरिद गर्नुपरेकाले केही समयदेखि सहकारीले बचतकर्ताको बचत पूँजी फिर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने बाध्यता रहेको हो।’
 

तर पनि बैंकखाता निर्णयको सिफारिसको  निर्णय र कार्यले हातखुट्टा डोरीले बाँधिएको अवस्थामै काम गर भन्ने अर्थमा हामीले लिएका ग्रुपले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .