ad ad

कारोबार


एनएमबी बैंकले मनायो ‘श्रावण उत्सव’ कार्यक्रम

एनएमबी बैंकले मनायो ‘श्रावण उत्सव’ कार्यक्रम

नेपालखबर
साउन १८, २०७९ बुधबार २०:१७, काठमाडौँ

एनएमबी बैंकले यस श्रावणको सोमवार ‘मेहेन्दी लगाऔं, एनएमबीसँग रमाऔँ’ भन्ने सन्देश सहित मेहेन्दी कार्यक्रम मनाएको छ। 

बैंकले ग्राहक र कर्मचारीमाझ आपसी सदभाव अभिवृद्धि गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरेको जनाएको छ। सातै प्रदेशका विभिन्न शाखा गरी १४ शाखाहरूमा यो कार्यक्रम गरिएको थियो।

बैंकले प्रदेश १ को बिर्तामोड र विराटनगर, मधेश प्रदेशको जनकपुर र बीरगंज, बागमती प्रदेशको बबरमहल, कुमारीपाटी र लायन्स चोक, नारायणघाट, गण्डकी प्रदेशको चिप्लेढुङ्गा र गोरखा, लुम्बिनी प्रदेशको मिलन चोक र नेपालगञ्ज, प्रदेश ६ को वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर र धनगढी चौराहामा उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ।  

एनएमबी बैंक दि फाइनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो। 

एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ। 

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .