ad ad

कारोबार


पञ्चकन्या स्टिलले एकै वर्ष कमायो साढे ५ अर्ब

पञ्चकन्या स्टिलले एकै वर्ष कमायो साढे ५ अर्ब

नेपालखबर
साउन १७, २०७९ मंगलबार १७:४१, काठमाडौँ

पञ्चकन्या स्टिलले १ वर्षमा ५ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ। पञ्चकन्याले एक वर्षमा २ अर्बले आम्दानी बढाएको छ। 

नेपालको पुरानो स्टिल कम्पनीको रुपमा रहेको पञ्चकन्या स्टिल प्रालि १९९५ मा स्थापना भएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्ब २६ करोड रुपैयाँको आम्दानी गरेको कम्पनीले २०७७/०७८ मा ५ अर्ब ५३ करोड रुपैयाँ सञ्चालन आय गरेको छ। 

पञ्चकन्याले १ वर्षमा २ अर्ब २७ करोड रुपैयाँले आम्दानी बढाएको छ। कम्पनीले उत्पादन लागत बढ्दापनि त्यहि अनुसार डन्डीमा मूल्य नबढाउँदा नाफा बढ्नसकेको छैन। २०७७/०७८ मा कर र ब्याजअघिको नाफा ३.९७ प्रतिशत रहेको छ। २०७६/०७७ मा सञ्चालन आय कमहुँदापनि कर र ब्याजअघिको नाफा ७.७८ प्रतिशत रहेको थियो। 

कच्चा पदार्थमा आएको मुल्य वृद्धिले कम्पनीको आम्दानी बढे पनि खुद नाफा घटेको छ।  कम्पनीको उत्पादन लागतमा कच्चा पदार्थको हिस्सा ९२ प्रतिशत रहेको छ। २०७६/०७७ मा भने उत्पादन लागतमा कच्चा पदार्थको हिस्सता ८७ प्रतिशत मात्रै रहेको थियो। 

आर्थिक वर्ष २०७५/०७६ मा ४ अर्ब ५७ करोड रुपैयाँ सञ्चालन आय रहेको थियो। २०२० मा कोभिड महामारीलगायतको कारणले कम्पनीको आम्दानी घटेको थियो। कम्पनीले गत चैत मसान्तसम्म ५ अर्ब ३३ करोड रुपैयाँ सञ्चालन आय बढाएको छ। 

भैरहवामा उद्योग रहेको पञ्चकन्याको मुख्य उत्पादन टीएमटी स्टिल बार गर्दै आएको छ। कम्पनीले २०७८ पुस अन्तिममा नयाँ प्लाट जडान गरेको छ। कम्पनीको उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिकटन जडान गरेको छ। 

केयररेटिङ एजेन्सीका अनुसार कम्पनीले पञ्चकन्याले ५ अर्ब २५ करोड ऋण लिन सक्ने देखिएको छ। जसमा लामो समयकोलागि २१ करोड रुपैयाँ र छोटो समयकालागि ५ अर्ब ३ करोड लिन सक्ने देखिएको छ। 

पञ्चकन्या ग्रुपको मुख्य व्यवसायनै टीएमटी छड रहेको छ। पञ्चकन्या ग्रुप १९७० को दशकबाट व्यापार, उत्पादन, जलविद्युत्, अटोमोबाइल्स लगायतमा लगानी रहेको छ। कम्पनीको अध्यक्ष प्रेम बहादुर श्रेष्ठ रहेका छन् भने प्रदिप कुमार श्रेष्ठ प्रबन्धनिर्देशक रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .