ad ad

कारोबार


साढे ६ अर्ब रुपैयाँको साढे ६ करोड कित्ता आईपीओ आउँदै (विवरण)

घोराही सिमेन्टको ३ अर्ब ४४ करोडको ७९ लाख कित्ता आईपीओ आउँदै
साढे ६ अर्ब रुपैयाँको साढे ६ करोड कित्ता आईपीओ आउँदै (विवरण)

नेपालखबर
साउन १६, २०७९ सोमबार १४:३४, काठमाडौँ

३० वटा कम्पनीको साढे ६ अर्ब रुपैयाँको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) हुने भएको छ। 

कुल ६ करोड ४३ लाख ७८ हजार ६ सय ५४ कित्ता सेयर सर्वसाधारणका लागि आउनलागेको धितोपत्र बोर्डले जनाएको छ। 

बोर्डका अनुसार उक्त परिमाणको आईपीओ पाइपलाइनमा रहेका छन्। 

तीमध्ये १९ वटा कम्पनीको सेयर प्रारम्भिक अध्ययनको क्रममा, चारवटाको एकपटक अध्ययन गरेर प्रतिक्रिया पठाइएको र ७ वटाको प्रतिक्रियापछि समीक्षाको क्रममा रहेको बोर्डले जनाएको छ। 

प्रारम्भिक समीक्षाको क्रममा रहेकामध्ये रिलायबल लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता सेयर बजारमा आउनलागेको छ। कम्पनीको साधारण सेयर भए पनि एक कित्ताको लागि २१२ रुपैयाँ पर्नेछ। यसमा प्रिमियम ११२ रुपैयाँ थपिँदा यस्तो भएको हो। बोर्डले कम्पनीसँग यसबारे थप कागजात मागेको छ। 

त्यसैगरी कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको पनि २ लाख ४३ हजार ७३५ कित्ता सेयर पाइपलाइनमा छ। यो २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको सेयर हो। 

त्यस्तै घोराही सिमेन्टको ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयर पनि बजारमा निष्काशन हुँदै छ। यो भनेको ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७ सय ८५ रुपैयाँबराबरको हो। यसमध्ये ३ लाख ९७ हजार १९० कित्ता स्थानीय र ७५ लाख ४६ हजार ६ सय ११ कित्ता सर्वसाधारणका लागि हो। 

कुन–कुन कम्पनीका कति कित्ता आउँदै छन्? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .