ad ad

कारोबार


यी दानी अर्बपतिहरू !

जसले दान गरे १ खर्ब ६९ अर्ब डलर
यी दानी अर्बपतिहरू !

नेपालखबर
साउन १५, २०७९ आइतबार ६:२७, काठमाडौँ

संसार विचित्रको छ। कोही पैसाका लागि मरिहत्ते गर्छन्। कोहीचाहिँ अर्बौं दान गरेर आत्मसन्तुष्टि बटुल्छन्।

विश्वमा दुई हजारको संख्यामा अर्बपतिहरु रहेका छन्। तीमध्ये केहीले भने समाजसेवा र दानमा पनि अर्बौं डलर खर्च गरेका छन्। 

सन् २०२२ मा विश्वका अर्बपतिहरुले आफूले कमाएको रकमबाट अनुमानित १ खर्ब ६९ अर्ब अमेरिकी डलर दानमा खर्च गरेका छन्। 

चर्चित म्यागेजिन फोर्ब्सका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा दान गरिएको रकममा वृद्धि भएको छ। गत वर्ष अर्बपतिहरुले १ खर्ब ४९ अर्ब अमेरिकी डलर दान गरेका थिए। 

यो वर्ष भने २० अर्बले दान गरिएको रकम बढेको देखिएको हो। 

कसले कति गरे दान? 
वारेन बफेट 

यसरी रकम दान गर्नेमा अग्रपंक्तिमा आउँछन् वारेन बफेट। उनले आफ्नो जीवनकालमा अहिलेसम्म ४६ अर्ब १० करोड अमेरिकी डलर दान गरेका छन्। उनको सम्पत्ति स्रोत भने बर्कशाइर हाथावे हो। शुक्रबारसम्मको फोर्ब्स अर्बपति सूची हेर्ने हो भने उनको सम्पत्ति १ खर्ब २ अर्ब अमेरिकी डलर रहेको छ। उनले स्वास्थ्य र गरिबी उन्मूलनमा धेरै रकम दान गरेका छन्। 

बिल गेट्स र मेलिन्डा फ्रेन्च गेट्स 
त्यसपछि सबैभन्दा धेरै रकम दान गर्नेमा पर्छन् बिल गेट्स र मेलिन्डा फ्रेन्च गेट्स। उनीहरुले हालसम्म ३३ अर्ब ४० करोड अमेरिकी डलर दान गरिसकेका छन्।

यही वर्ष जुलाईमा उनले २० अर्ब डलर यी दुईले स्थापना गरेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई दिने प्रतिबद्धता जनाइसकेका छ।

उनीहरुको मुख्य सम्पत्ति स्रोत माइक्रोसफ्ट हो। शुक्रबारसम्म बिलको सम्पत्ति १ खर्ब ८ अर्ब अमेरिकी डलर र मेलिन्डाको ५ अर्ब ९० करोड डलर सम्पत्ति रहेको छ। हाल उनीहरुले सम्बन्धविच्छेद गरिसकेका छन्। 

जर्ज सोरोस 
जर्ज सोरोस पनि धेरै सम्पत्ति दान गर्ने अर्बपतिमा गनिन्छन्। उनले यो वर्षको सुरुसम्म १८ अर्ब १० करोड डलर दानमा खर्चिएका छन्। उनको सम्पत्ति स्रोत हेज फन्ड्स हो। उनले प्रजातन्त्र, शिक्षा, गैरविभेद र स्वास्थ्य क्षेत्रमा गरेका छन्। 

माइकेल ब्लुमबर्ग 
ब्लुमबर्ग पनि आफ्नो धेरै सम्पत्ति दान गर्नेमा पर्छन्। उनले हालसम्म १२ अर्ब ७० करोड डलर दानमा खर्चिएका छन्। उनको सम्पत्ति स्रोत ब्लुमबर्ग एलपी हो। उनले जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रमा दान गर्ने गरेका छन्। 

म्याकेन्जी स्कट 
धेरै दान गर्ने अर्बपतिकै सूचीमा पर्छिन् म्याकेन्जी स्कट। उनले हालसम्म ८.६१ अर्ब डलरभन्दा धेरै दानमा खर्चिएकी छिन्। उनको सम्पत्ति ३६ अर्ब २० करोड डलर हाराहारीमा छ। उनले नश्लीय, लैंगिक र आर्थिक असमानताविरुद्धका कार्यमा दान गर्ने गरेकी छिन्। 

चार्ल्स चक फिनी
उनले पनि हालसम्म आठ अर्ब डलरभन्दा माथि दान गरेका छन्। उनको मुख्य सम्पत्ति स्रोत ड्युटी फ्रि शप हो। उनले विज्ञान, मानवअधिकार, युवा जस्ता क्षेत्रमा खर्च गरेका छन्। उनले अहिले धेरैजसो सम्पत्ति दान गरेर २० लाख डलरजति मात्रै राखेका छन्। 

गोर्डन र बेट्टी मुरे 
यो दम्पतीले पनि साढे ५ अर्ब डलर दानमा खर्चिसकेको छ। उनीहरुको सम्पत्ति सेत इन्टेल कम्पनी हो। उनीहरुले विज्ञान, वातावरणजस्ता क्षेत्रमा दान गरेका छन्। उनीहरुसाग ११ अर्ब हाराहारीमा सम्पत्ति रहेको छ। 

जिम र मारिलिन साइमन्स
उनीहरुले पनि ३.३ अर्ब डलर दानमा खर्च गरिसकेका छन्। उनीहरुको मुख्य स्रोत हेज फन्ड नै हो। उनीहरुसँग गत जनवरीसम्म २४ अर्ब ४० करोड डलर सम्पत्ति रहेको थियो। 

फिल नाइट र परिवार 
उनीहरुले पनि ३ अर्ब १० करोड डलर दानमा खर्च गरिसकेका छन्। उनीहरुको सम्पत्ति स्रोतचाहिँ नाइक हो। उनीहरुसँग गत जनवरीसम्म ५४ अर्ब ८० करोड डलर सम्पत्ति रहेको छ। उनीहरुले शिक्षा क्षेत्रमा दान गरेका छन्। 

मार्क जुकरबर्ग र प्रिसिलिया चान 
फेसबुकका मालिक जकरबर्गले हालसम्म ३ अर्ब डलर दानमा खर्च गरेका छन्। उनीहरुले फेसबुकबाटै आम्दानी गर्छन्। विज्ञान, शिक्षा जस्ता क्षेत्रमा दान गर्ने गरेका छन्। 

इडिथी ब्रोड र फेमिली 
यो परिवारले पनि २ अर्ब ८० करोड डलर दानमा खर्च गरिसकेको छ। खासगरी लगानी गरेर यो परिवारले आम्दानी गर्छ। उनीहरुले शिक्षा, कला, विज्ञानमा दान गर्छन्। 

माइकेल र सुसान डेल 
यो दम्पतीले २ अर्ब २५ करोड डलर दानमा खर्च गरेको छ। उनीहरुको मुख्य सम्पत्ति स्रोत डेल कम्प्युटर हो। उनीहरुले गरिबी उन्मूलन र शिक्षा क्षेत्रमा दान गर्ने गरेका छन्। एजेन्सीहरुबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .