निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप छानबिन गर्न गठन भएको विशेष समितिले आज साँझसम्म प्रतिवेदन टुंग्याउने भएको छ।
७ बजेसम्म प्रतिवेदन सक्याउने गरी छलफल र लेखन कार्य भइरहेको हो।
समितिका एक सदस्यले आज नै प्रतिवेदनको काम सक्याउने गरी काम भइरहेको जानकारी दिए।
उनले भने, ‘अहिले छलफल र लेखनको दुईतर्फी काम भइरहेको छ।’
शर्मामाथि चालू आर्थिक वर्षको बजेट र त्यससँग सम्बन्धित आर्थिक विधेयक तयार गर्दा बाहिरी मान्छे संलग्न गराएको आरोप लगेको छ।
आर्थिक विधेयकमा बाहिरी व्यक्ति संलग्न गराएर करका दर हेरफेर र संशोधन गरिएको विषय संसदमा उठेको थियो।
त्यसपछि त्यसलाई छानबिन गर्न विशेष समिति गठन भएको छ। गठित समितिलाई शुक्रबारसम्म प्रतिवेदन बुझाउनुपर्ने समयसीमा तोकिएको छ।
117
Shares
प्रतिक्रिया