ad ad

कारोबार


सरकारले ९० प्रतिशत कर उठाउँदा विकास खर्च ५७ प्रतिशत मात्र

सरकारले ९० प्रतिशत कर उठाउँदा विकास खर्च ५७ प्रतिशत मात्र

नेपालखबर
साउन १, २०७९ आइतबार ९:३६, काठमाडौँ

सरकारले ९० प्रतिशत कर उठाउँदा ५७ प्रतिशत मात्रै विकास खर्च गरेको छ। अघिल्लो आर्थिक वर्षमा सरकारको विकास खर्च  एकदमै निराशाजनक देखिएको हो। 

सरकारले एक वर्षमा लक्ष्यको ७९.३९ प्रतिशत कुल खर्च हुँदा चालुतर्फ ९०.२५ प्रतिशत र पूँजीगततर्फ ५७.२३ प्रतिशत खर्च भएको छ। वित्तिय तर्फ भने १ खर्ब ८९ अर्ब रुपैयाँ लक्ष्य राखिएकोमा १ खर्ब १८ अर्ब रुपैयाँ खर्च भएको छ। 

सरकारले आर्थिक वर्ष २०७८/७९ सकिँदा राजश्व ९०.४६ प्रतिशतले उठाएको छ। सरकारले १ वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँको लक्ष्य राख्दा १० खर्ब ६७ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ। 

जसमा राजश्व ९ खर्ब ८४ अर्ब अर्थात ९२.१५ प्रतिशत रहेको छ भने गैरकर राजश्व ८३ अर्ब रुपैयाँ उठाएको छ। सरकारको राजश्व लक्ष्य भन्दा करिब १ खर्ब रुपैयाँले कमी हो। 

गत आर्थिक वर्षमा ५९ अर्ब ९१ करोड अनुदान उठाउने लक्ष्य राखेपनि त्यसको ३०.५३ प्रतिशत अर्थात १८ अर्ब २९ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ। 

सरकारले १ वर्षमा कुल ११ खर्ब ३४ अर्ब रुपैयाँ आम्दानी गर्दा १२ खर्ब ९६ अर्व रुपैयाँ खर्च गरेको छ। त्यसमा चालु खर्च ९ खर्ब ६१ करोड रुपैयाँ रहेको छ भने पूँजीगत खर्च २ खर्ब १६ अर्ब रुपैयाँ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .