कारोबार


हिमालय एयरलाइन्सको काठमाडौँ–कुवेत उडान सुरु

हिमालय एयरलाइन्सको काठमाडौँ–कुवेत उडान सुरु

रासस
असार ३२ , काठमाडौँ

नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ सिधा उडान सुरु गरेको छ।

कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रुपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ। 

छैठौं गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा आज बिहान ०९ः१७ बजे काठमाडौँ अवतरण गरेको थियो। 

उडान उद्घाटन कार्यक्रममा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिको उपस्थिति रहेको थियो।

एअरलाइन्सले एयरबस ३२० विमानले हरेक शुक्रबार काठमाडौँदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौँ उडान सञ्चालन गर्ने जनाएको छ। 

अरबी प्रायद्वीपको देश कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीका लागि महत्वपूर्ण गन्तव्य हो।

नेपाल र कुवेतबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध रहेकामा हिमालय एअरलाइन्सद्वारा काठमाडौँ–कुवेत–काठमाडौँ सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने कम्पनीको विश्वास छ।

नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो।

हिमालय एयरलाइन्स काठमाडौँलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी भएको कम्पनीले जनाएको छ 

कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले यात्रुलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै हिमालयको काठमाडौँ–कुवेत–काठमाडौँ सेक्टरको सुरुआत पनि सोही भावना अनुरुप रहेको बताए।
–––

असार ३२, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.