नेपाली बजारमा दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सीसीटीभीहरु हालै आयात गरेको छ।
कम्पनीले घर, अफिस, टोल—बस्ती, स्कुल कलेज, सपिङ मल, हाउजिङ, अपार्टमेन्ट तथा हाइवेका लागि उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरु उपलब्ध गराउने जनाएको छ।
नेपाली ग्राहकहरुको माग र रोजाइको आधारमा आयात गरिएका दाहुवाका उक्त क्यामरा उपयुक्त मात्रामा स्टकमा रहेको कम्पनीले जानकारी गराएको छ।
हाल आयात गरिएका सीसीटीभीहरुमा अहिले बजारमा उपलब्ध भइरहेका भन्दा आधुनिक सेडुयल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सन/रिक्कनाईजेसन, पेरिमिटर डिटेक्सन गर्ने, नाइट कलर फ्युजन टेक्नोजोली सहित आवाज रेकडिङ्ग गर्नसक्ने विशेष सुविधाहरु रहेको बताइएको छ।
त्यसैगरी मानिस तथा सवारी साधनको आवत जावत तथा चहलपहल मात्र रेकडिङ्ग गर्ने फोर के रियल टाईम फिचर भएको, हाइवेहरुमा उपयुक्त हुने पि टि जेड लगायतका अटो नम्बर प्लेट डिटेक्सन, यातायातका साधनका मोडल र रंग पत्ता लगाउने भेईकल मेटा डाटा, मानिसहरुले मास्क लगायत पनि अनुहार पत्ता लगाउने ह्युमन मेटा डाटा, तापक्रम पत्ता लगाउन सक्ने थर्मल क्यामराहरु आयात गरेको छ।
ग्राहकहरुले माग गरेको अवस्थामा उनीहरुको आवश्यकता र सुबिधा अनुसारका दाहुवाको सीसी क्यामराहरु उपलब्ध गराइने कम्पनीको भनाई छ।
Shares
प्रतिक्रिया