ad ad

कारोबार


‘२० मा बिज’ क्याम्पेनमा सपिङ गर्दा स्मार्टफोन जित्ने अवसर

‘२० मा बिज’ क्याम्पेनमा सपिङ गर्दा स्मार्टफोन जित्ने अवसर

नेपालखबर
असार १९, २०७९ आइतबार २०:२७, काठमाडौँ

‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको इ–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू ल्याएको छ। 
प्रत्येक महिनाको २० गते ‘२० मा बीआईजेड’ नामक क्याम्पेन सञ्चालन गरेकाे कम्पनीले  सो अन्तर्गत असार महिनाको क्याम्पेन आइतबार राति १२ बजे देखि २२ गते सम्म लाइभ हुने जनाएको छ।

यही असार २० गतेका दिन बिजबजारले अपराह्न ४ बजे देखि राति ८ः२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

यस क्याम्पेन अन्तर्गतको सेभ बिज योजनामा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र,  भारी रकम छुट प्राप्त गर्न सक्नेछन् भने लक्कीमानी योजना अन्तर्गत कम्तीमा रु ३,००० बराबरको सामान खरिद गर्ने सेवाग्राहीहरू मध्ये एक  भाग्यशाली ग्राहकले लक्कि ड्र मार्फत उपहार स्वरूप स्मार्टफोन प्राप्त गर्नेछन्।

त्यसै गरी असार २० गते, बिजबजार इ–कमर्स प्लेटफर्ममा रजिस्टर्ड हुने नयाँ ग्राहकहरूले रु १२० बराबरको डिस्काउन्ट कुपन प्राप्त गर्नेछन्। त्यस्तै सेवाग्राहीहरूले बिजबजारको अफिसियल सामाजिक सञ्जाल तथा वेबसाइटमा प्रतिक्रिया दिँदा रु १०० बराबरको मोबाइल टप अप समेत प्राप्त गर्नेछन्।

अर्को योजना ‘पानी पर्यो अफर झर्यो’ अन्तर्गत २० जना भाग्यशाली सेवाग्राहीहरूले बिजबजारको तर्फबाट छुट साथै आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन्। क्याच एण्ड विन खेलमा सहभागी हुँदा सेवाग्राहीले ५ वटा आकर्षक उपहार जित्न सक्नेछन् भने गेस द प्रोडक्ट खेल खेल्दा मोबाइल टप अप समेत प्राप्त गर्न सक्नेछन्।

सँग सँगै सो क्याम्पेनका दिन ‘यसमै छ खुसी’ योजनामा अफरहरूको टाइमर सेट हुनेछ जस्मा सेवाग्राहीहरूले समय अनुसार परिवर्तन हुने विभिन्न दरमा छुट प्राप्त गर्न सक्नेछन् । साथै हेल्थ एण्ड ब्युटी गो स्पोर्टस क्रेजी बेबी डिल्स जस्ता अन्य अफर र योजनाहरू समेत रहेका र २० मा बिज का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .