ad ad

कारोबार


नेप्से फेरि २ हजार विन्दु माथि, १७६ कम्पनीको सेयर मूल्य बढ्यो

नेप्से फेरि २ हजार विन्दु माथि, १७६ कम्पनीको सेयर मूल्य बढ्यो

नेपालखबर
असार १९, २०७९ आइतबार १५:१०, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से ५७.६१ अंकले बढेको छ। 

उक्त अंकले बढेसँगै नेप्से फेरि २०८६.३८ विन्दुमा पुगेको छ। 

आज कारोबार भएको बजारमा १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटाको मात्रै घटेको छ। त्यस्तै पाँच कम्पनीको उही मूल्य कायम छ। 

नेप्सेका अनुसार आज ६२ लाख कित्ता सेयर बिक्री हुँदा दुई अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

आज साल्ट ट्रेडिङ, हिमालयन पावर पार्टनर, माथिल्लो तामाकोशी, साञ्जेन जलविद्युतलगायत नौवटा कम्पनीको सेयर १० प्रतिशत वा सोही हाराहारीले बढेको छ। 

गुमाउने लगानीकर्ताले पनि सोही हाराहारीसम्म गुमाउनुपरेको छ। आज ङादी ग्रुप पावरको सर्वाधिक २२ करोडको सेयर कारोबार भएको छ। 

बजारमा आज २३१ कम्पनीको सेयर कारोबार भएको थियो। ४५ हजार पटकको कारोबारमा झण्डै साढे २ अर्बको खरिदबिक्री भएको नेप्सेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .