राजस्व अनुसन्धान विभागले १३ वटा कम्पनीविरुद्ध करोडौँ जरिवाना र सजाय माग गर्दै मुद्दा दायर गरेको छ।
व्यापार व्यवसाय गर्ने कम्पनीहरुले राजस्व छलेको भन्दै विभागले मंगलबार उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको हो।
विभागले पशुपति रोड क्यारियर्स, न्यु मनकामना सप्लायर्स, अरुण क्लोथ शपलगायतविरुद्ध ४४ करोड ३८ लाख ९३ हजार ४०६ रुपैयाँ जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ।
यी कम्पनीबाट २२ करोड १९ लाख ४६ हजार ७०३ रुपैयाँ बिगो असुल हुन बाँकी रहेको र जरिवानाबापत २२ करोड १९ लाख ४६ हजार ७०३ रुपैयाँ गरी उक्त परिमाणमा असुलउपर गर्नुपर्ने मागदाबी गरिएको छ।
270
Shares
प्रतिक्रिया