नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि ९७ हजार पुगेको छ।
बिहीबार चाँदीको भाउमा भने गिरावट देखिएको छ।
चाँदीको बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको हो। चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ।
54
Shares
प्रतिक्रिया