बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनाचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा आइपुगेको छ।
महासंघका अनुसार मंगलबारको तुलनामा चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ।
चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।
243
Shares
प्रतिक्रिया