ad ad

कारोबार


प्राधिकरणले भन्यो : हवाइ सेवा स्थगनको घोषणा गैरकानूनी

प्राधिकरणले भन्यो : हवाइ सेवा स्थगनको घोषणा गैरकानूनी

नेपालखबर
असार ७, २०७९ मंगलबार २१:२९, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ सेवा स्थगनको घोषणा गर्ने वायुसेवा सञ्चालक संघको निर्णय गैर व्यवसायिक र गैरकानुनी भनेको छ।

मंगलबार विज्ञप्ति प्रकाशित गरी प्राधिकरणले हवाइ सेवामा हड्ताल निषेध गर्न जारी भएको आदेशको स्मरण पनि गराएको छ। 

वायुसेवा संचालक संघ, नेपालले मंगलबार विज्ञप्ति प्रकाशित गरी आपत्कालीन उद्धार लगायत नियमित उडानहरु भोलि (असार ८ गते) बाट स्थगित गर्ने घोषणा गरेको थियो। 

प्राधिकरणले उक्त विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ‘आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको हवाई सेवा जस्तो अत्यन्त संवेदनशील र अत्यावश्यक सेवालाई हठात रुपमा स्थगित गरिएको घोषणा गर्नु वायुसेवा संचालक संस्थाको व्यवसायिक मर्यादाको विपरीत हुनुका साथै अत्यन्त गैरजिम्मेवारीपूर्ण कार्य हो भन्ने प्राधिकरणको ठम्याई रहेको’ जनाएको छ। 

प्राधिकरणले सूचना प्रकाशित गरी भनेको छ, ‘नेपाल सरकारले आवश्यक सेवा संचालन ऐन, २०१४ अन्तर्गत हवाई सेवामा समेत हड्ताल गर्न निषेध गर्नेगरी २०७९।०२२६ मा नेपाल राजपत्रमा प्रकाशन गरी आदेश जारी गरेको विद्यमान अवस्थामा हवाई सेवा स्थगनको घोषणा गरिनु स्वयम्मा गैरकानूनी रहेको स्मरण गराईन्छ।’ 

साथै, हवाइ सेवा निर्वाध रुपमा सञ्चालन गर्न/गराउन सूचित गर्दै प्राधिकरणले कानून कार्यान्वयनसँग सम्बन्धित गुनासोका विषयमा छलफल र वार्ताद्वारा निष्कर्षमा पुग्न सकिने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .