ad ad

कारोबार


ब्लाक एण्ड डेकरका साना होम एप्लायन्सहरु नेपाली बजारमा

ब्लाक एण्ड डेकरका साना होम एप्लायन्सहरु नेपाली बजारमा

नेपालखबर
असार १, २०७९ बुधबार १४:१, काठमाडौँ

अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले नेपाली उपभोक्ताहरुको जीवन सहज बनाउदै लोकप्रियता हासिल गर्दै अघि बढिरहेको छ। 

सन १९७९मा ब्लाक एण्ड डेकरले नयाँ अवधारणा स्वरुप घरको सरसफाईको लागि डस्टबस्टरको आविष्कार गरेको थियो जसले आफ्नो ताररहित क्रान्तिलाई वर्कबेन्चबाट घरका सबै भागहरूमा र बाहिर विस्तार गरेको थियो । 

विश्वको पहिलो ह्यान्डहेल्ड कर्डलेस भ्याकुम क्लिनरको सुरुवात सँगै अन्य बिभिन्न डिजाईनहरूमार्फत हालको दिनसम्म आफ्नो दायरालाई फराकिलो बनाउदै ह्यान्डहेल्ड क्लिनिङ श्रेणी र अन्य श्रेणीहरुमा निरन्तर आविष्कारको नेतृत्व गरिरहेको छ।

घरायसी कार्यहरुलाई अन्यन्तै सहज बनाउने ब्लाक एण्ड डेकरका साना होम एप्लायन्सहरु नेपाली बजारमा सर्वत्र उपलब्ध छ। ब्लाक एण्ड डेकरको बिशाल प्रोडक्ट रेन्जमा एयर फ्राइर, इलेक्ट्रिक ओभन, टोस्टर ओभन(ओटीजी), इलेक्ट्रिक प्रेसर कूकर, एअर ह्युमिडिफायर, जुसर, ब्लेन्डर, मिक्सर, मिन्सर, भ्याकुम क्लिनर, गार्मेन्ट स्टिमर, स्टिम मोप, ओएफआर हिटर, फ्यान हिटर, कफी मेकर, कित्ली जस्ता थुप्रै एप्लायन्सहरु रहेका छन्। 

अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु अत्यन्तै स्टाइलिश, टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भइरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। 

ब्लाक एण्ड डेकरले आफ्नो सम्पूर्ण उत्पादनहरुमा २४ महिनाको वारेन्टी उपलब्ध गरेको छ भने नेपालभर आफ्नो ३५वटा भन्दा बढी सर्भिस सेन्टरहरुबाट बिक्री उप्रान्त सेवाहरु छिटो छरितो रुपमा प्रदान गरिरहेको छ।   

हालै ब्लाक एण्ड डेकरले नेपाली समाजमा सकारात्मक प्रभाब पार्न सफल ५ प्रभावकारी व्यक्तित्वहरुलाई लिएर आफ्नो उत्पादनहरुको प्रवर्द्धन गरिरहेको छ। टेलिभिजन प्रस्तोता, अभिनेता, निर्माता तथा निर्देशक सुरज सिंह ठकुरीले कफी मेकर र कार भ्याकुम क्लिनरको प्रवर्द्धन गरिरहेको छ भने मोडेल तथा अभिनेत्री ज्योत्स्ना योगीले वेट एण्ड ड्राइ भ्याकुम क्लिनर र गार्मेन्ट स्टिमरको प्रवर्द्धन गरिरहेको छ। 
त्यस्तै पूर्व मिस नेपाल तथा मोडेल अस्मी श्रेष्ठले एयर फ्राइर र ब्लेन्डरको प्रवर्द्धन गरिरहेको छ भने अभिनेत्री, गायिका तथा सामग्री निर्माता सिम्पल खरेलले एअर ह्युमिडिफायर र जुसरको प्रवर्द्धन गरिरहेको छ। 

त्यसैगरी प्रसिद्ध फुड ब्लगर सिद्धार्थ घिमिरे(नेपाल फुड)ले इलेक्ट्रिक प्रेसर कूकर र टोस्टर ओभन(ओटीजी)को प्रबर्दन गरिरहेको छ।

कम्पनीका अनुसार ग्राहकहरुले ब्लाक एण्ड डेकरको इकमर्स साइटमा गएर यी प्रभावकारी ब्यक्तित्वहरुको छुट्टा छुट्टै प्रोमो कोडहरु प्रयोग गरेर ब्लाक एण्ड डेकरको कुनै पनि उत्पादनमा १० प्रतिशत अतिरिक्त छुट पाउन सक्नेछन्।  नेपालभर ब्लाक एण्ड डेकर ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .