NepalKhabar NepalKhabar

कारोबार


मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर समझदारी, सीईओमा ज्योति पाण्डे

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर समझदारी, सीईओमा ज्योति पाण्डे

नेपालखबर
जेठ २७ , काठमाडौँ

दुई वाणिज्य बैंकहरु मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जरमा जाने समझदारी भएको हो। 

समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे ।

मेगा बैंकका अध्यक्ष शाहले दुई बैंकबीच मर्जरमा जाने समझदारी भएको नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार नाम, स्वाप रेसियो, बोर्ड डिरेक्टर, सीईओ, वरिष्ठ डेपुटी सीईओमा टुंगो लागेको छ। 

यसअनुसार बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने समझदारी भएको छ। त्यस्तै ९०ः१०० को स्वाप रेसियो हुने उनले जानकारी दिए। मर्जपछि बन्ने बैंकमा दुवै बैंकका तर्फबाट ३÷३ जना बोर्ड डाइरेक्टर रहनेछन्। त्यसमा एक जना स्वतन्त्र डाइरेक्टर एनआईबीएलले नियुक्त गर्नेछ। 

त्यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डे रहनेछन् भने वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज श्रेष्ठ रहनेछिन् 

बैंकको अध्यक्षमा भने पृथ्वीबहादुर पाँडे रहने भएका छन्। 

चुक्ता पुँजी झण्डै ३३ अर्ब पुग्ने 
दुई बैंक मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुनेछ। हाल नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड छ। 

दोस्रो बजारमा अहिले मेगा बैंकको सेयर मूल्याङ्कन प्रतिसेयर २२९ रुपैयाँ छ भने इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर मूल्याङ्कन २७५ रुपैयाँ छ। अघिल्लो हप्ता यी दुई बैंकको मर्जरको हल्लाले मेगा बैंकको सेयरमा सकारात्मक सर्किट लागेको थियो। 

इन्भेष्टमेन्ट बैंकले भने गत वर्ष हिमालयन बैंकसँग मर्जरको सहमति गरेको थियो। उक्त सहमतिअनुसार मर्जरमा जान नसकेपछि गत हप्तादेखि मात्रै सेयरबजारमा कारोबार हुनथालेको हो। त्यसपछि लगातार सेयर मूल्यमा गिरावट हुँदै आएको छ। 

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर टुटेपछि यी दुई बैंकलाई नयाँ मर्जरको जोडी खोज्न राष्ट्र बैंकले दबाब दिँदै आएको थियो। सोहीअनुसार मेगा बैंकसँग इन्भेष्टमेन्ट बैंकले मर्जर समझदारी गरेको हो। 

जेठ २७, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.