ज्योति विकास बैंकले बिहीबारदेखि बैंकको नुवाकोटस्थित त्रिशूली शाखाअन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ।
बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशूलीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो।
विदुर नगरपालिका वडा नं. ९, नुवाकोटस्थित त्रिशुली कोलोनी विस्तारित काउन्टरको समुद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए।
उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले त्रिशुली कोलोनी विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शून्य मौज्दातमै क्युआर कोड, नि:शुल्क डलर कार्ड जारी, नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि:शुल्क डेबिट कार्ड, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुटलगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।
हालसम्म ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
Shares
प्रतिक्रिया