कारोबार


सरकारको ऋण साढे १८ खर्ब, आन्तरिक ऋणको हिस्सा बढ्दै

आन्तरिक ऋण साढे ८ अर्ब, बाह्य ऋण झण्डै १० खर्ब पुग्यो
सरकारको ऋण साढे १८ खर्ब, आन्तरिक ऋणको हिस्सा बढ्दै

नेपालखबर
जेठ १४, २०७९ शनिबार २१:४६, काठमाडौँ

२०७८ फागुनसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड गरी  सरकारको सार्वजनिक ऋण दायित्व  १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ।

२०७८ असारसम्म सार्वजनिक ऋण दायित्व १७ खर्ब ३७ अर्ब ६४ करोड रहेको थियो। 

पछिल्ला वर्षहरूमा सार्वजनिक ऋण दायित्वमा आन्तरिक ऋणको हिस्सा बढ्दै गएको छ। २०७८ फागुनसम्मको सार्वजनिक ऋण दायित्वमा आन्तरिक र बाह्य ऋणको अनुपात क्रमशः ४६.७ प्रतिशत र ५३.३ प्रतिशत रहेको छ। 

२०७७ फागुनसम्म यस्तो अनुपात क्रमशः ४४.८ प्रतिशत र ५५.२ प्रतिशत रहेको थियो। २०७८ असारसम्मको सार्वजनिक ऋण दायित्वमा आन्तरिक ऋण र बाह्य ऋणको अनुपात क्रमशस् ४६.२ प्रतिशत र ५३.८ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म आन्तरिक ऋण तर्फ २९ अर्ब २५ करोड र बाह्य ऋण तर्फ १३ अर्ब ६६ करोड गरी कुल ४२ अर्ब ९१ करोड साँवा भुक्तानी भएको छ। 

गत आर्थिक वर्षको फागुनसम्म यस्तो भुक्तानी २० अर्ब १४ करोड रहेको थियो। आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म आन्तरिक ऋण तर्फ १९ अर्ब ५१ करोड र बाह्य ऋण तर्फ ४ अर्ब ५ करोड गरी २३ अर्ब ५५ करोड बराबर ब्याज भुक्तानी भएको छ। 

गत आर्थिक वर्षको फागुनसम्म यस्तो भुक्तानी १८ अर्ब ८३ करोड थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .