ad ad

कारोबार


पूर्वमन्त्री अर्यालको टिप्पणी– हावामा उडेको नीति तथा कार्यक्रम, भ्रमको पुलिन्दा मात्रै

पूर्वमन्त्री अर्यालको टिप्पणी– हावामा उडेको नीति तथा कार्यक्रम, भ्रमको पुलिन्दा मात्रै

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०७९ शनिबार १४:४७, काठमाडौँ

पूर्वमन्त्री पद्या अर्यालले सरकारको नीति तथा कार्यक्रम यथार्थमा भन्दा हावामा उडेको बताएकी छन्। 

उनले नीति तथा कार्यक्रम भ्रमको पुलिन्दा रहेको बताइन्। 

विगतको सरकारले एतिहासिक तथ्य र प्रमाणको आधारमा नै नेपालको नक्सा अध्यावधिक गरिएको बताइन्। संसदबाट पारित भएको विषयलाई कार्यन्वयन गर्ने वर्तमान सरकारले प्रतिवद्धता व्यक्त गर्नु पथ्र्यो सरकार चुकेको बताइन्। 

नक्सा समेटिएको क्षेत्रफल जारी गर्ने कुरामा सरकार किन चुकेको भन्दै प्रश्न गरिन्। 

उनले क्षेत्रफल जारीगर्दै अकुपाई गर्ने प्रवन्ध मिलाइयोस् भन्ने माग गरेकी छन्। 

उनले मुलुकभन्दा ठुलो सरकार हुन नसक्ने भन्दै नीति तथा कार्यक्रममा नक्सामा समेटिएको विषया प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताए। 

‘दुई देशबीचको प्राविधिक समिति रहेको छ। त्यो समितिको बैठक किन बस्न सकेको छैन,’ उनले भनिन्, ‘सरकारले पहल कदमी किन लिन सकेको छैन। सुस्ता लगायतका समस्या समाधानको लागि सरकारको छिटो भन्दा छिटो ध्यान जाओस्।’

नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताइन्। अघिल्लो सरकारले नै ल्याएका कृषी बीमा, पशु बीमा लगायतका कार्यक्रमको निरन्तरता दिएपनि नयाँ केहि आउन नसकेको बताइन्। 

नीति तथा कार्यक्रममा रासायनिक मलको सुनिश्चित गरिने उल्लेख भए पनि वर्तमान सरकारले एक दाना मलपनि ल्याउन नसकेको बताइन्। 

उनले नीति तथा कार्यत्रम बनाउँदा बजेटको स्रोतको व्यवस्थापन गर्ने कुरा नभएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .