ad ad

कारोबार


ट्विटर किन्नबाट रोक्न लगानीकर्ताले हाले मस्कविरुद्ध मुद्दा

ट्विटर किन्नबाट रोक्न लगानीकर्ताले हाले मस्कविरुद्ध मुद्दा

नेपालखबर
जेठ १४, २०७९ शनिबार १४:३०, काठमाडौँ

अर्बपति इलोन मस्क र उनले किन्नलागेको सामाजिक सञ्जाल ट्विटरविरुद्ध मुद्दा दायर गरिएको छ। 

ट्विटरकै एक लगानीकर्ताले मस्क र ट्विटरविरुद्ध मुद्दा हालेका हुन्। मुद्दामा उनले मस्कले क्यालिफोर्नियाको व्यावसायिक कानुन उल्लंघन गरेको आरोप लगाएका छन्। 

मस्कको गलत कदम, झूटा वक्तव्यबाजी र बजार एकाधिकारका कारण सनफ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा अन्योल छाएको दाबी गरेका छन्। 

अहिले ट्विटरको सेयर मस्कको अफर प्रतिकित्ता ५४.२० डलरभन्दा २७ प्रतिशतले कम छ। उक्त मुद्दा यही हप्ता अमेरिकी जिल्ला अदालत उत्तरीइ क्यालिफोर्नियामा दर्ता भएको थियो। लगानीकर्ता विलियम हेरेस्नियाकले मुद्दा हालेको बताइएको छ। 

मुद्दामा मस्कले आफ्नो ट्विटरमा रहेको महत्वपूर्ण सेयरबारे ढिलो सार्वजनिक गरी वित्तीय लाभ लिएको आरोप लगाइएको छ। त्यस्तै मस्कले धेरै ट्विटहरु तथ्यपरक नदेखिएको समेत उल्लेख गरेका छन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .