ad ad

कारोबार


चुनावी सरकारले दीर्घकालीनरुपमा आर्थिक दायित्व थप्ने कार्यक्रम ल्याउन पाउँदैनः पौडेल

चुनावी सरकारले दीर्घकालीनरुपमा आर्थिक दायित्व थप्ने कार्यक्रम ल्याउन पाउँदैनः पौडेल

नेपालखबर
जेठ १४, २०७९ शनिबार ११:३०, काठमाडौँ

पूर्व अर्थमन्त्री  विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम दिशाहीन भएको बताएका छन्। 

उनले इतिहासकै कमजोर, मुलुकको समस्या नचिनेको, समाधान हुन नसक्ने, खोक्रो र सारहीन रहेको बताए। 

आगामी वर्षको कुन विकास आयोजनालाई प्राथमिकता दिने स्पष्ट नभएको बताएका छन्।  

उनले वर्तमान सरकार चुनावी भएको कारणले दीर्घकालीन रुपमा आर्थिक दायित्व थप्ने र भोली आउने सरकारलाई बोझ थप्ने कार्यक्रम ल्याउन नमिल्ने बताएका छन्। 

नीति तथा कार्यक्रम आर्थिक संकट उन्मुख बेखबर रहेको बताएका छन्। उनले सामान्य अर्थतन्त्रको जस्तै गरी नीति तथा कार्यक्रम प्रस्तुत भएको बताए। ब्यालेन्स अफ पेमेन्टको विषयमा, वैदेशिक लगानी भित्र्याउने विषयमा तत्परता नरहेको बताएका छन्। 

बैंक तथा वित्तिय संस्था निरंकुश तरिकाले नियन्त्रण गरिएको बताउँदै अर्थतन्त्रमा कुनै समस्या छैन भनेर भ्रम छरिएको दाबी गरे। 

उनले आत्मनिर्भर अर्थतन्त्र, आर्थिक वृद्धि बढाउने कार्यक्रम नै नरहेको बताएका छन्। मेक इन नेपाल र मेड इन नेपाललाई गोलमोटम रुपमा पस्तुत गरेको उनको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .