बैंक अफ काठमाण्डू लिमिटेड र हसट्याग फुड तथा बार प्रालिबीच भुक्तानीमा छुट दिने सम्झौता भएको छ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौतापश्चात् ग्राहकहरुले ह्यासट्याग फुड तथा बार, एयरपोट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशतसम्मको छुट पाउनेछन्।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। ह्यासट्याग फुड तथा बारले एयरपोट रोड, विराटनगरबाट सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालयहरु, ९३ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
Shares
प्रतिक्रिया