भारतको अनलाइन बैंकिङ तथा वित्तीय सेवा प्रदायक एफआईए ग्लोबलको ग्राहक संख्या बढेको छ।
कम्पनीका अहिले नै पाँच करोड बढी ग्राहक छन् भने भारतमा रहेका नेपालीहरुका लागि पनि यो कम्पनी नेपालमा पैसा पठाउने विश्वासिलो प्लेटफर्म बन्दै गएको छ।
गत त्रैमासिकमा यसमार्फत नेपालमा पठाइएको रेमिट्यान्समा समेत वृद्धि भएको कम्पनीले जनाएको छ। यसको डिजिटल रेमिट्यान्स प्लेटफर्म आईरेमिटबाट भारतस्थित नेपालीले नेपालमा पैसा पठाउँछन्।
आईरेमिटले प्रतिमहिना १३ हजार कारोबार गर्ने गर्छ भने यसका प्रमुख ग्राहक भारतका दिल्ली, चण्डीगढ, मुम्बई र हिमाचल प्रदेशमा रहेका नेपालीहरु रहेको कम्पनीले जनाएको छ। त्यहाँबाट पठाएको पैसा नेपालमा रिसिभ गर्ने झण्डै २ लाख रहेको कम्पनीको दाबी छ।
एफआईएले नेपालका प्रभु बैंक र ग्लोबल आईएमई बैंकसँग रेमिट्यान्समा सहकार्य गर्दै आएको छ।
विश्व बैंकका अनुसार बितेको पाँच वर्षमा व्यक्तिगत रेमिट्यान्सले झण्डै २५ प्रतिशत योगदान नेपालको कुल गार्हस्थ्य उत्पादनमा गरेको कम्पनीका सेल्स हेड राहुल याजनिकले बताए।
Shares
प्रतिक्रिया