भारतको ठूलो अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जे.बि. अटोमोटिभ प्रा.लि.को उद्घाटन गरेको छ।
टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले आफ्ना ग्राहकहरुको लागि आधुनिक तथा सुविधा सम्पन्न शो रुम तथा बिक्री सेवा सुविधा केन्द्र सञ्चालन गरेको जनाएको छ।
टाटा मोटर्स र सिप्रदी टेडिङ प्रालिको प्रतिबद्धता अनुसार आफनो सञ्जाल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुविधा केन्द्रको रुपमा खोलिएको हो।
विशेष कार्यक्रम मार्फत टाटा मोटर्सका तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सन्चालन अधिकृत राजेश प्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्त जङ्ग सिजापती, विभिन्न विभागका प्रतिनिधिको स्वागत र जे.बि. अटोमोटिभका अध्यक्ष जे.बि.घिसिङ र ज्योती बानियाँले शो रुमको उद्घाटन गरे।
शो रूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुने कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया