ad ad

कारोबार


अर्थतन्त्रमा देखिएको संकटको जिम्मेवार अर्थमन्त्री मात्रै हाेइनन् : पुन

अर्थतन्त्रमा देखिएको संकटको जिम्मेवार अर्थमन्त्री मात्रै हाेइनन् : पुन

नेपालखबर
जेठ ५, २०७९ बिहिबार २१:६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रिय अर्थतन्त्रमा उत्पन्न संकटका लागि अर्थमन्त्री जनार्दन शर्मालाई मात्र जिम्मेवार ठहर्याइनु जायज नभएको बताएका छन् । 

पूर्वअर्थमन्त्री समेत रहेका पुनले अहिले विश्वव्यापी रुपमै अर्थतन्त्रमा  संकट उत्पन्न भएको र त्यसको मूल कारण कोभिड–१९ महामारी रहेको औंल्याए। 

‘कोभिडका कारण उब्जिएको अर्थतन्त्रको समस्या विश्वव्यापी हो’, पुनले भने, ‘दोष अर्थमन्त्रीको टाउकोमा मात्र थोपरेर हुँदैन।’ 

अर्थतन्त्र सुधारका लागि पनि अर्थमन्त्री एक्लैको प्रयास सार्थक नहुने भन्दै पुनले प्रधानमन्त्रीको अग्रसरता हुनुपर्नेमा जोड दिए। विप्रेषण आप्रवाहमा सुधार आएको र पुँजीगत खर्च बढेकाले अर्थतन्त्र क्रमशः चलायमान हुने दिशामा रहेको पुनले उल्लेख गरे। 

गभर्नर महाप्रसाद अधिकारीको बर्खास्ती प्रकरणमा असन्तुष्टि सार्वजनिक गरेको विषयमा सोधिएको प्रश्नमा पुनले सर्वोच्च अदालतको फैसलाले अधिकारीको पुनर्बहाली भइसकेकाले उक्त सन्दर्भ पुरानो भएको बताए। 

सञ्चार माध्यमले धारणा जान्न चाहेपछि पूर्वअर्थमन्त्रीका हैसियतमा आफूले उक्त विषय सान्दर्भिक नभएको हो कि भन्ने प्रतिक्रिया दिएको उनको भनाइ थियो। तर, गभर्नर बर्खास्तीमा अर्थमन्त्रीलाई मात्र दोषारोपण गर्न नहुने भन्दै प्रधानमन्त्रीले त्यसको मुख्य जिम्मेवारी लिनुपर्ने तर्क उनले गरे।

अहिले अर्थमन्त्री र गभर्नरबीच समन्वय भइरहेको आफूले पाएको भन्दै पुनले आगामी दिनमा त्यसको असर नपर्ने विश्वास व्यक्त गरे। 

फरक प्रशंगमा उनले तत्काल मन्त्रिपरिषदमा हेरफेरको सम्भावना नरहेको स्पष्ट गरे। 

स्थानीय निर्वाचनअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीले आफ्ना दलका केही मन्त्री हेरफेर गर्न चाहेको तर, अहिले त्यसबारे गठबन्धनमा कुनै छलफल नभएको उनको भनाइ थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .