ad ad

कारोबार


आईएमई पेले ल्यायो हवाइ टिकट किन्दा सुनको सिक्का जित्ने योजना

आईएमई पेले ल्यायो हवाइ टिकट किन्दा सुनको सिक्का जित्ने योजना

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १८:१०, काठमाडौँ

आईएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आईएमई पेले हवाइ टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ। 

आईएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको छ।

यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाइ टिकट काट्दा दैनिक १ भाग्यशाली विजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता १ भाग्यशाली बिजेताले एउटा चाँदीको सिक्का पनि जित्न सक्नुहुन्छ।

उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढ्ता रूचाइएको यातायात माध्यम हुन पुगेको छ। आरामदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई उड्डयन नै रोज्छन्। 

यस्ता यात्रुहरुले सहजताको निम्ति आइएमई पे एप जस्ता मोबाईल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ। अझ बढी यात्रुहरुलाई हवाई यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस योजना सार्वजनिक गरेको हो।

यस योजनालाई सञ्चालन गर्नका लागि कम्पनीले केहि निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ। यसअनुसार, आईएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुनेछन्। 

आईएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट प्राप्त गर्न सक्नुहुनेछ। आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक हप्ता ५ भाग्यशाली बिजेताले १ चाँदीको सिक्का प्राप्त गर्न सक्नेछन्। 

आईएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक १५ दिनमा १ भाग्यशाली बिजेताले १ सुनको सिक्का बम्पर उपहारस्वरूप प्राप्त गर्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .