ad ad

कारोबार


बीमाशुल्क भुक्तानी गर्दा इसेवाबाट लखपति बन्न सकिने

बीमाशुल्क भुक्तानी गर्दा इसेवाबाट लखपति बन्न सकिने

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १७:५६, काठमाडौँ

भुक्तानी सेवा प्रदायक इसेवाले “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना सार्वजनिक गरेको छ। 

इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सार्वजनिक गरेको जनाएको छ। 

कम्पनीका अनुसार यो योजना भदौ ५ गतेसम्म सञ्चालन हुनेछ। यस योजनामा इसेवाबाट कुनै पनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुबाट बम्पर उपहारमा  एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन्। 

यस्तै उपहार विजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि  २०/२० हजार रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन्। यसैगरी योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरुबाट हरेक दिन एक जनाले गोलाप्रथामार्फत एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागू हुनेछ। इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आईओएस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ। 

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .