ad ad

कारोबार


माइती नेपालमा एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम

माइती नेपालमा एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १७:८, काठमाडौँ

एनएमबी बैंकले माइती नेपालका दिदीबहिनीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। 

कार्यक्रममा माइती नेपालका ५३ जना दिदिबहिनीहरुको उपस्थिति थियो। बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित दिदिबहिनीहरुलाई उत्प्रेरणा दिँदै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो।

कार्यक्रममा माइती नेपालको तर्फबाट सस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइरालाको उपस्थिति थियो भने एनएमबी बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थीको उपस्थिति थियो।

गत वर्ष महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानी गर्न एउटा अग्रणी बैंक रहेको बैंकले नारी सशक्तीकरणको लागि विभिन्न समयमा विभिन्न महिला समूहहरुलाई वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ। माइती नेपालका दिदीबहिनीहरुलाई गरिएको यस कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ पुग्ने र समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ। 

बैंक र माइती नेपाल दुवै संस्थाले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .