ad ad

कारोबार


भैरहवामा पहिलो उडानपछि जजिरा एयरवेजले भन्यो– मध्यपूर्व र नेपालको पश्चिम भाग जोडियो

भैरहवामा पहिलो उडानपछि जजिरा एयरवेजले भन्यो– मध्यपूर्व र नेपालको पश्चिम भाग जोडियो

नेपालखबर
जेठ ४, २०७९ बुधबार १६:६, काठमाडौँ

कुवेतको अग्रणी एयरलाइन जजिरा एयरवेजले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान गरेसँगै नेपालको पश्चिम भागमा ठूलो परिवर्तन ल्याउने बताएको छ। 

कम्पनीले पछिल्लो समय मध्य–पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको जनाएको छ।

जजिराले भैरहवास्थित नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको सुरुवात गरेको हो। 

यसबाट मध्य–पूर्व र युरोप बसोबास गर्ने ठूलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्ने कम्पनीले बताएको छ। 

यो नेपालमा जजिराको दोस्रो उडान सेवा हो जसले नेपालको तराई क्षेत्रमा बढ्दै गइरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गत जेठ १ गतेबाट उडान सेवा सुरु भएको थियो।

नयाँ हवाइ रुटको बारेमा बोल्दै जजिरा एयरवेजका भाइस प्रेसिडेन्ट रविन्द्रन भाराथनले भने, ‘जजिरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ–नयाँ गन्तव्यहरु थप्दै गइरहेको छ। यसले गर्दा कुवेत र मध्यपूर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग) ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ।’

अब नेपाली एवम् विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ। यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ। आरआर ग्रुप अफ कम्पनिजको भगिनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले ७४ वर्षसम्म काठमाडौंमा मात्र भर परेको अन्तर्राष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठूलो परिवर्तन ल्याउने बताए। 

उनले भने, ‘यसका साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुऱ्याउनेछ। जसले समग्र नेपालकै आर्थिक विकासमा सरोकार राख्छ। यो सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .