ad ad

कारोबार


नबिल र बंगलादेश बैंक मर्जरकाे टुंगाे मंगलबार लाग्ने

नबिल र बंगलादेश बैंक मर्जरकाे टुंगाे मंगलबार लाग्ने

नेपालखबर
बैशाख ३०, २०७९ शुक्रबार १८:१५, काठमाडौँ

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर तत्काल हुने वा नहुने विषयको टुङ्गो मंगलबार लाग्ने भएको छ।

सर्वोच्च अदालतले अन्तरिम आदेशको निर्णयका लागि आगामी मंगलबार दुवै पक्षलाई बोलाएको छ।

नबिल बैंकले जेठ ७ गतेको लागि विशेष साधारण सभा समेत बोलाई सकेको छ। बंगलादेश बैंकलाई प्राप्ति गर्ने प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको हो।  तर  नबिल बैंकले तत्काल प्राप्ति गर्न सक्ने वा नसक्ने विषयको टुङ्गो भने आगामी मंगलबार लाग्ने भएको हो। 

मर्जर प्रक्रियालाई स्थगित गर्न भन्दै सर्वोच्चले अल्पकालिन अन्तिम आदेश दिएको थियो। त्यसपछि दुई पक्षलाई मंगलबार बोलाएको हो। 

एनबी समूहको कम्पनीले हालेको रिटमा दुवै पक्षको कुरा सुनेर आवश्यक निर्णय गरिने भन्दै अहिलेलाई मर्जर प्रकृया जे जस्तो अवस्थामा छ त्यहीँ छाड्न आदेश दिएको थियो। नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले धितोपत्र बोर्डसमेत र दिव्यश्वरी इन्भेष्टमेन्ट प्रालिले नेपाल स्टक एक्सचेञ्जसमेतलाई मुद्दा हालेको थियो। 

यी कम्पनीले राष्ट्र बैंक, मर्जर प्रकृयामा रहेका बैंकलगायतलाई पनि विपक्षी बनाएर मुद्दा हालेका थिए। 

तर नबिल बैंकले भने १ सय बराबर नेपाल बंगलादेश बैंक ४३ रहने गरि मर्जरको सम्झौता गरिसकेको छ।

यदि सर्वोच्चले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता हुने गरि अन्तरिम आदेश जारी गरेको खण्डमा नबिल बैंकले एनबी बैंकलाई मर्जर गर्ने सम्भावना कमजोर हुने छ। 

यसअघि सनराइज बैंकले समेत बंगलादेश बैंकसँग मर्जरमा जान इच्छा देखाएको थियो। 

सनराइज बैंकका लगानीकर्ता एमभी दुगड ग्रुपले बंगलादेश बैंकको लगानी कर्ता समूह इन्टरनेसनल फाइनान्स इन्भेष्टमेन्ट एन्ड कमर्स (आईएफआईसी) बैंकको करिब ४० प्रतिशत लगानी खरिद गर्ने सहमति समेत भएको थियो। 

तर यो सहमति तोडेर चौधरी ग्रुपसँग सहमति भएको छ। आईएफआईसीले बिकी गर्न चाहेको सेयर ३ करोड ७० लाख कित्ता हो। यो सेयर ५ अर्ब नेपाली रुपैयाँ बराबरको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .