उद्योगी व्यवसायीले विभिन्न ठाउँबाट मतदान गरेका छन्। अधिकांश व्यवसायीले स्थानीय निर्वाचनमा काठमाडौंबाटै मतदान गरेका हुन्।
उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको काठमाडौं सीतापाइलाबाट मतदान गरेका छन्।
मतदान गरेपछि गोल्छाले संविधानले दिएको सबैभन्दा ठूलो शक्ति प्रयोग गरेको बताएका हुन्।
सीजी ग्रुपका अध्यक्ष विनोद चौधरीले नवलपुरबाट मतदान गरेका छन्। चौधरीले नवलपुरको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रमा मतदान गरे।
‘लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष निर्वाचन हो,’ मतदानपछि चौधरीले भनेका छन्,‘ निर्वाचनमा विजय हुने सबै हाम्रा जनप्रतिनिधिहरूलाई जनताको मतको भावनाअनुसार अघि बढ्ने सफलता मिलोस्।’
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले काठमाडौंबाट मतदान गरेका छन्।
काठमाडौ महानगरपालिका अन्तर्गत विशालनगर मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन्।
त्यस्तै उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले काठमाडौंबाटै मतदान गरेको जानकारी दिए।
‘भोट हालियो। हाम्रो एक भोटले काठमाडौंको मुहार फेरिने छ,’ मुरारकाले भनेका छन्।
Shares
प्रतिक्रिया