बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउनुपर्ने निर्देशन दिएपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको छ।
बिहीबार दुई बीमा कम्पनीबीच मर्जर सम्झौता भएको हो।
निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब रुपैयाँको बनाउन बीमा समितिले निर्देशन दिएपछि यी दुई बीमा कम्पनीहरु मर्जरमा जान लागेका हुन्।
बीमा समितिले बीमा कम्पनीहरुको क्षमता वृद्धि गर्ने भन्दै बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय गरेको थियो। जसमा मर्जरलाई प्राथमिकतामा राख्न सक्ने बताएको थियो।
मर्जरका लागि आज प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनी मिलेपछि २ अर्ब ४३ करोडको चुक्ता पुँजी हुने छ। हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १७ करोड रहेको छ भने एभरेष्टको एक अर्ब २५ करोड रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हिमालयनले १७ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने एभरेष्टले २७ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको देखिएको छ।
Shares
प्रतिक्रिया