ad ad

कारोबार


डिशहोमका यी ग्राहकले जिते १ लाख

डिशहोमका यी ग्राहकले जिते १ लाख

नेपालखबर
बैशाख २०, २०७९ मंगलबार १३:१७, काठमाडौँ

डिशहोमको लक्की ड्र योजनामा एक ग्राहकले नगद एक लाख रुपैयाँ जितेका छन्। 

कम्पनीले १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने योजना ल्याएको थियो। 

यसका साथै हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने योजना पनि रहेको छ। 

यसै योजनाअन्तर्गत वैशाख १९ गते गरिएको लक्की ड्रमा क्यास आईडी ०२५६४०३३७७५ भएका ग्राहकले एक लाख जित्न सफल भएको कम्पनीले जनाएको छ। 

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकहाँ गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ। 
यस लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाइलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .