ad ad

कारोबार


कास्कीको बगरमा बैंक अफ काठमाण्डूको नयाँ शाखा

कास्कीको बगरमा बैंक अफ काठमाण्डूको नयाँ शाखा

नेपालखबर
बैशाख १५, २०७९ बिहिबार १३:४६, काठमाडौँ

बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा पोखरा महानगरपालिका वडा नं. ०१, बगरमा खुलेको छ। 

बैंकले बिहीबार एक समारोहका बीच नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक उद्घाटन गरेका हुन्।  

उक्त औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जाने बताए। 

बैंकले गण्डकी प्रदेशमा अन्य शाखा कार्यालयहरु पनि सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए। 

नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेलले नेपाल राष्ट्र बैंकको उद्देश्यबमोजिम विभिन्न स्थानहरुमा शाखा कार्यालय सञ्चालन गरी आम जनमानसहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको भन्दै्र बैंकको प्रशंसा गरे। 

उक्त शाखा कार्यालयले स्थानीयहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नेपाल राष्ट्र बैंकले लिएको जानकारी दिए।  बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .