ad ad

कारोबार


उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सेयर बाँडफाँट

उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सेयर बाँडफाँट

नेपालखबर
बैशाख ९, २०७९ शुक्रबार १८:४५, काठमाडौँ

नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई लाख २१ हजार एक सय ५६ कित्ता साधारण सेयर बाँडफाँट गरेकाे छ।

नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रति सेयर अंकित मूल्य रु.१०० दरका सर्वसाधारणलाई छुट्याइएको दुई लाख ३६ हजार २५० कित्ता सेयर मध्ये ३ हजार २८१ कित्ता कम्पनीका कर्मचारीहरुलाई र ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ।

बाँकी रहेका सेयर कम्पनीले गत चैत २५ गते देखि ३० गतेसम्म सर्वसाधारणका लागि निष्कासन खुल्ला गरिएको साधारण सेयरहरु बाँडफाँट गरेको हो।

सर्वसाधारणका लागि छुट्याइएको सेयरका लागि २३ लाख ४९ हजार ५६ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्ययमबाट २२ हजार ११५ जना सफल आवेदनकर्ता गोलाप्रथाको माध्यमबाट छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ। 

साथै सेयर बाँडफाँटमा परेका २२ हजार ११५ जना मध्ये १० कित्ता भन्दा बढी सेयर माग गरेका आवेदकहरु मध्येबाट गोलाप्रथाको माध्यमबाट ६ जनालाई थप १÷१ कित्ता सेयर बाँडफाँड गरिएको छ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो। यस मर्चेन्टले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापक, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराइटिङ जस्ता सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .