नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा सुनुवाइ गर्न आज (मंगलबार) का लागि पेसी तोकिएको छ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले मंगलबार बिहान नेपालखबरसँग भने, ‘गभर्नरको रिटको आज पेसी छ।’ उनका अनुसार इजलास भने अहिले साढे १० बजे गोलाप्रथाबाट तोकिनेछ।
आफूलाई सरकारले गभर्नर पदबाट निलम्बन गरेपछि अधिकारीले गत आइतबार पेस गरेको रिट निवेदन सर्वोच्च अदालतले हिजो सोमबार दर्ता गरेको हो।
अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै अर्थ मन्त्रालय, अर्थमन्त्री र सरकारले गठन गरेको छानबिन समितिलाई विपक्षी बनाएर बनाएका छन्।
अधिकारीले निलम्बन फुकुवा गरी आफूलाई गभर्नर पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश माग गरेका गरेका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश दिएमा अधिकारी काममा फर्किने छन्।
अर्थतन्त्र ध्वस्त पारेको, कार्यक्षमता अभाव देखिएको आरोप लगाउँदै सरकारले गत चैत २५ गते गभर्नर अधिकारीबारे छानबिन गर्न समिति गठन गरेको हो। योसँगै उनको पद स्वतः निलम्बनमा परेको हो।
अधिकारी निलम्बनमा परेपछि डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिनालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिइएको छ।
Shares

प्रतिक्रिया